Mantra
Mayametro Hospital

शुक्लाफाँटा–९ मा मृत्युदर्ता घरमै, जनप्रतिनिधिले सुरु गरे नागरिकमैत्री सेवा

AD offer
JK

 

झलारी: शुक्लाफाँटा नगरपालिका वडा नं. ९ को कार्यालयले नागरिकमैत्री सेवाको सुरुवात गरेको छ। वडा कार्यालयले कुनै नागरिकको मृत्यु भएमा मृतकको घरमै पुगेर परिवारका सदस्यलाई मृत्यु दर्ता प्रमाणपत्र दिन थालेको हो। यो सेवाको सुरुवातसँगै वडा कार्यालयले नागरिकमैत्री सेवा प्रवाहमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।

सोमबार वडा नं. ९ का डम्बरबहादुर साउँदको मृत्यु भएको थियो। मंगलबार जनप्रतिनिधिहरुको टोलीले घरमै पुगेर मृतकका छोरा जगतबहादुर साउँदलाई मृत्युदर्ता प्रमाणपत्र हस्तान्तरण गरेका छन्। वडा अध्यक्ष रमेशबहादुर ऐरले घरमै पुगेर मृत्युदर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

Mantra
mantra Hospital

शोकमा रहेका परिवारलाई प्रशासनिक झन्झटबाट राहत दिलाउन घरमै पुगेर मृत्युदर्ता प्रमाणपत्र दिने व्यवस्था मिलाइएको वडा अध्यक्ष ऐरले बताए। ‘शोकमा रहेका परिवारलाई कार्यालयमा आउन समस्या हुन्छ, यस्तो अवस्थामा घर सेवा पुगाएर सान्त्वना दिनुका साथै नागरिकलाई सहजता प्रदान गर्न सुरुवात गरेका हौं,’ उनले भने।

वडावासीको मृत्यु भएको जानकारी प्राप्त हुने बित्तिकै वडा कार्यालयको टोली सम्बन्धित व्याक्तिको घरमै पुगेर प्रमाणपत्र वितरण गर्ने उनी बताउँछन्। ‘हामी वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवाहरुलाई घरमै पुगाउने योजनाका साथ काम गरिहेका छौं,’ उनले भने,

‘हामी निर्वाचित भएदेखि वडावासीका आवश्यकताहरुलाई प्राथमिकता दिएर काम गर्दै आएका छौं।’ मंगलबार वडा अध्यक्ष ऐरको अध्यक्षतामा बसेको वडा कार्य समितिको बैठकले वडा नं। ९ मा बसोबास गर्ने नेपाली नागरिकको मृत्यु भएको सूचना प्राप्त भए पश्चात मृत्यु दर्ता प्रमाणपत्र मृतक परिवारका सदस्यलाई घरमै उपलब्ध गराउने निर्ण समेत गरेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...