

झलारी: शुक्लाफाँटा नगरपालिका–११ स्थित बसन्त सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रनसिंह सुनारको अध्यक्षतामा १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।
वार्षिक साधारणसभामा प्रमुख अतिथि डीभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुर, विशिष्ट अतिथिमा शुक्लाफाँटा नगरपालिका वडा नं। १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं। ११ का अध्यक्ष शेरबहादुर साउँद रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि रामबिचारी ठाकुरले सामुदायिक वनहरुले खर्चमा पारदर्शिता राख्नुपर्ने बताए।


‘स्थानीय सरकारसँगको सहकार्यमा वन संरक्षण गर्ने प्रावधान छ, स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्नुहोला,’ उनले भने, ‘भौतिक पूर्वाधारका लागि पनि स्थानीय सरकारसँग सहयोग माग्नुहोला।’ विशिष्ट अतिथि वडा नं। ११ का अध्यक्ष साउँदले वन संरक्षणमा सबैले लाग्नुपर्ने बताए। ‘वन ऐन, निमावली अनुसार सामुदायिक वनले काम गर्नुपर्छ,’ उनले भने।
वडा नं- १ का अध्यक्ष भट्टले बातावरण जोगाउन सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको बताए। सामुदायिक वनको वार्षिक प्रतिवेदन अध्यक्ष सुनारले प्रस्तुत गरेका थिए। २०५६ सालमा स्थापना भएको सामुदायिक वनले संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ। ५ सय १३ हेक्टरमा रहेको सामुदायिक वनमा १ हजार १ सय ३२ घरधुरी आवद्ध छन्।
आर्थिक वर्ष २०८०–०८१ मा सामुदायिक वनले ४ हजार ६ सय ४१।६२ क्यूफिट दाउरा संकलन गरेको छ। सामुदायिक वनले झाडी सफाई, ४.५ हेक्टरमा बृक्षारोपण, तारबार गरेको अध्यक्ष सुनारले बताए। सामुदायिक वनको अगामी योजना अधुरो कार्यालय भवन निर्माण, कार्यालय व्यवस्थापनका लागि फर्निचर निर्माण, कम्प्युटर खरिद, १ घर १ गोबर ग्यासको अवधारण सुचारु गर्ने, बस्ती किनारमा मेस जाली निर्माण र विद्युत जडान गर्ने अगामी योजना रहेको छ।
सामुदायिक वनको आयव्याय प्रस्तुत सचिव शुशिला विष्टले गरेकी थिइन्। उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सामुदायिक वनको आयव्याय ५ लाख ९८ हजार ८९ रुपैयाँ रहेको छ। सामुदायिक वनको वार्षिक साधारणसभामा कार्यक्रम सञ्चालन राघब अवस्थीले गरेका थिए।
