Mantra
Mayametro Hospital

जन्म दिनको अवसरमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

AD offer
JK

 

अत्तरिया : जन्मदिनको अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसै क्रमममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अत्तरिया शाखाले एक कार्यक्रमका बीच बीमा पोलिसी प्रदान गर्दै एजेन्सी म्यानेजर पुजा भट्टको जन्मदिन मनाएको छ ।

Mantra
mantra Hospital

कम्पनीका एजेन्सी म्यानेजर पुजा भट्टको जन्म दिनको अवसर पारी उनका श्रीमान मुकुन्द जोशीले ५ लाखको १७ वर्षे हिमालयन सरल जीवन बीमा योजना उपहार दिएका हुन् ।

अहिलेको समयमा महंगी बढी रहेको कुनैपनि कार्य गर्दा तडक भडक भन्दा आवश्यकताको उपलब्धिमुुलक कार्य गर्नुेपर्ने भन्दै भावि जीवनको सुरक्षणको लागि सरल जीवन बीमा योजना बीमा पोलिसी दिएको उनले बताउनुभयो।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम सुरक्षण हुने भएकोले श्रीमती लाई बीमा योजना उपहारमा दिएको हो ।

उक्त कार्यक्रममा अत्तरिया शाखा प्रमुख गजेन्द्र बहादुर भण्डारी, अत्तरिया शाखाका कर्मचारीहरु लगायत एजेन्सीहरुको सहभागिता रहेको थियो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...