झलारी । शुक्लाफाँटा नगरपालिकाले एकल महिलाहरुका लागि सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरेको छ । हुनैनाथ कन्सल्टिङ प्रालि काठमाडौँको प्राविधिक सहयोगमा नगरभित्र रहेका एकल महिलाहरुका लागि तीन दिने सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम मंगलबारबाट सुरु गरिएको हो ।
वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँदको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्त रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख पन्तले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष साउँदले वडा कार्यालयले महिलाहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सञ्चालन गरिने बताए । पिछडीएका वर्गलाई माथि उकास्नका लागि वडा कार्यालय लागि परेको बताए ।
हुनैनाथ कन्सल्टिङ प्रालिका सञ्चालक गोविन्द जोशीले तालिममा उत्कृष्ट महिलालाई अन्य तालिमहरुमा प्रशिक्षकको रुपमा सहभागि गराउने बताए । केही राम्रो गर्न खोज्नेहरुको साथमा वडा कार्यालय रहेको समेत उनले बताए ।
प्रत्येक वडाबाट दुई जना एकल महिला गरी २४ जनाको सभागिता रहेको छ । ज्योती ओझा जोशीले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिइरहेकी छन् ।
सेतीकाली न्युज बाट साभार