

झलारी: शुक्लाफाँटा नगरपालिका–वडा नं. ९ मा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। सोमबार वडा कार्यालयको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा निःशुल्क एक दिने आँखा शिविर सञ्चालन गरिएको हो। वडा अध्यक्ष रमेशबहादुर ऐरको अध्यक्षतामा भएको निःशुल्क आँखा शिविरमा २ सय १७ जनाले सेवा लिएका छन्। उनीहरुलाई निःशुल्क रुपमा औषधी र चश्मा वितरण गरिएको अध्यक्ष ऐरले बताए।

२३ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि सिफाारिस गरिएको छ। जसमा १० जना महिला र १३ जना पुरुष छन्। शिविरमा सहभागी ३२ जनालाई चश्मा वितरण गरिएको छ। ७ वर्षदेखि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको उनको भनाई छ। ‘आजसम्म ७ सय ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेका छौं,’ उनले भने, ‘अन्य स्वास्थ्य शिविरहरुलाई नियमित रुपमा सञ्चालन गर्दै आएका छौं।’

मोतिन्दिु, जलविन्दु, आँखामा मासु पलाएको तथा परेलाको आँखाका बिरामीलाई धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिनेछ। शल्यक्रियाका लागि छनौट भएका बिरामीहरुलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा समेत उपलब्ध गराइने छ भने बिरामीलाई औषधी र चश्मा समेत निःशुल्क उपलब्ध गराइनेछ।
