

झलारी: एचपिभि खाेपका लागि सराेकारवाला संग अभिमुखिकरण शुक्लाफाँटा नगरपालिका वडानं ९ मा वडाभित्र एचपिभि खाेप अभियान सफल पार्न वडाखाेप समुन्वय समिति संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। शुक्रबार ९ नंवडामा रहेकाे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा एचपिभि खाेप अभियानका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका वडा खाेप समुन्वय समिति संग शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा झलारिकाे आयाेजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे।वडाभित्रका किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर गराउने Human papilloma virus विरूद्वकाे एचपिभि खाेप दिईने भएकाे छ।राष्ट्रिय खाेप अभियान सफल पार्न वडाले आधारभुत स्वास्थ्य केन्द्र सिसैया,वडा खाेप समुन्वय समिति संग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ।

शुक्लाफाँटा नगरपालिका वडानं ९ का वडा अध्यक्ष रमेश वहादुर ऐरले एचपिभि खाेप अभियान सफल पार्न वडाले सम्पुर्ण तयारि पूरा गरेकाे वताए। उनका अनुशार अशिग्राम माध्यमिक विधालयमा यहि माध २२गते विहान १०वजेदेखि २वजेसम्म र आधारभुत स्वास्थ्यकेन्द्र शिसैयामा २३ गते एचपिभि खाेप दिईनेछ।

१० बर्षदेखि १४ बर्स उमेर समुहसम्मका किशोरी र कक्षा ६ देखि १० सम्म अध्यनरत किशोरी लाई पाठेघरकाे मुखकाे क्यान्सर विरूद्वकाे खाेप एचपिभि दिईने उनले वताए। आधारभुत स्वास्थ्य सेवा केन्द्र सिसैयाका जनस्वास्थ्य निरीक्षक विस्ना कुमारि अवस्थिले पाठेघरकाे मुखकाे क्यान्सर वाट नेपालमा प्रतेक दिन ४ जना महिलाकाे मृत्यु हुने अनुमान गरिएकाेछ। उनका अनुशार महिला हरूमा हुने विभिन्न प्रकारका क्यान्सर हरू मध्ये पाठेधरकाे मुखकाे क्यान्सर दोस्रो मुख्य कारण छ भने क्यान्सर वाट महिलाकाे मृत्यु हुने पहिलाे मुख्य कारण रहेकाे छ।पाठेघरकाे मुखकाे क्यान्सर जाेखिम कम गर्न र राेकथाम गर्न किशोरी हरूलाई लक्षित गरेर साे क्यान्सर गराउने Human papilloma virus विरूद्वकाे एभपिभि खाेप सेवा राष्ट्रिय अभियानका रूपमा शुरू गरिएको छ। पाठेघरकाे मुख काे क्यान्सर विरूद्वकाे एचपिभि खाेप प्रारम्भिक किशाेर अवस्थामा दिँदा वढि प्रभावकारी हुने भएकाले १० बर्स देखि १४ बर्स सम्मकाे उमेरका किशाेरिलाई अनिवार्य खाेप लगाईने उनले वताए।राष्ट्रिय खाेप अभियान सफल वनाउन वडावासि सवैमा आग्रह समेत गरिएको छ।
