Mantra
Mayametro Hospital

राष्ट्रिय मा.वि पिपलाडीको ६७ औं वार्षिकोत्सव सम्पन्न

AD offer
JK

झलारी: शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ। मंगलबार विभिन्न कार्यक्रम गरि विद्यालयको वार्षिकोत्सव मनाइएको हो।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष अम्मरबहादुर धानुकको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, विशिष्ट अतिथिमा नगर उपप्रमुख कल्पना पन्त, अतिथिमा वडा नं। १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरी, वडा नं। ४ का अध्यक्ष कमल ठकुल्ला, वडा नं। ११ का अध्यक्ष शेरबहादुर साउँद, उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउँद, खेलकुद समितिका अध्यक्ष चक्रबहादुर साउँदलगायतको उपस्थिति रहेको थियो।

Mantra
mantra Hospital

नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी महत्व दिएको प्रमुख अतिथि तथा नगर प्रमुख रणबहादुर महराले बताए। ‘नाजुक अवस्थामा रहेको शिक्षालाई सुधार गरिरहेका छौं, माध्यमिक विद्यालयहरुमा स्थायी प्रधानाध्यापक पठाएका छौं,’ उनले भने, ‘विद्यालय डाउनसाइज र मर्ज समेत गरेका छौं।’ नगरपालिकाले अनुदान दिने गरि विषयगत शिक्षक व्यवस्थापन गरिएको उनको भनाई छ। ‘व्याक्ति भन्दा नीति र विधि अनुसार काम गरेका छौं,’ उनले भने, ‘नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व शिक्षक सरुवा पनि गर्नेछौं।’ पिपलाडी स्वास्थ्य संस्थामा एमबीबीएस चिकित्सकको व्यवस्थापन गरेर सेवा दिइरहेको उनले बताए। ‘हामी निर्वाचित भएपछि एमीबीएस डाक्टरको सेवा सुरु गरेका थियौं,’ उनले भने, ‘नगर अस्पताल पनि निर्माण भइरहेको छ।

कार्यक्रमका विशिष्ट अतिथि कल्पना पन्तले बालबालिकालाई लागुऔषधबाट बचाउन अभिभावकहरुले भूमिका खेल्नुपर्ने बताइन्। वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्टले राजनीति र नेताका कुराहरु नसुन्ने परिपाटी बढेको बताए। ‘राजनीति र नेताहरुको कुरा नसुन्ने र सांस्कृतिक कार्यक्रम र नृत्यमा बढी आकर्षण देखिन्छन्,’ उनले भने, ‘बिचारमा आकर्षण कम हुने भएकाले कतै हाम्रा विचारहरु समधुर भएन कि, हाम्रा बिचारहरुलाई परिस्कृत गर्ने कि, आफैले आफूतर्फ फर्किएर बिचारहरु तिर्खान आवश्यक छ।

वडा नं. ४ का अध्यक्ष कमल ठकुल्लाले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए। ‘सम्र्पूण विद्यार्थी, अभिभावक, शिक्षकहरु, विद्यालय व्यवस्थापन, जनप्रतिनिधि सबैको समन्वय र सहकार्यबाट मात्रै सुन्दर विद्यालयको परिकल्पना गर्न सकिन्छ,’ उनले भने, ‘प्रत्येक वर्ष वडा कार्यालयबाट विद्यालयलाई सहयोग गर्दै आएका छौं।’

विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव कार्यक्रममा सम्पन्न भएको प्रधानाध्यापक धनसिंह महराले बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...