Mantra
Mayametro Hospital

शुक्लाफाँटामा माघ १७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

AD offer
JK

झलारी: शुक्लाफाँटामा नगरपालिकामा माघ १७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। १५ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुन लागेको हो। वडा नं. ६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र पारिएको छ।

mantra Hospital

आइतबार १५औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिका अध्यक्ष चक्रबहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ। प्रतियोगितामा नगरपालिकाभित्रका १९ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत विद्यार्थीहरूले सहभागिता जनाउने सामाजिक विकास समिति संयोजक रमेशबहादुर ऐरले बताए।

Mantra

हरेक वर्ष हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उत्कृष्ट विद्यार्थी खेलाडीहरुलाई छनोट गरी जिल्ला प्रदेश तथा केन्द्रसम्म सहभागिता गराउँदै आएको छ। व्यवस्थापन तथा निर्देशन समितिका अध्यक्ष चक्र बहादुर साउँदले प्रतियोगिताको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराको प्रमुख अतिथ्यतामा गरिने बताए। कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भएको उनको भनाई छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...