


झलारी: शुक्लाफाँटा नगरपालिका–११ स्थित सरस्वती माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ। आइतबार विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर बुढाऐरको अध्यक्षतामा भएको वार्षिकोत्सवमा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा प्रमुख अतिथि रहेका थिए।
नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिएर लगानी बढाएको नगर प्रमुख महराले बताए। उनले अगामी वर्षहरुमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे। कार्यक्रमका विशिष्ट अतिथि कल्पना पन्तले विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रम नगरपालिकाले दिएको बताइन्। विशिष्ट अतिथि समेत रहेका वडा नं. ११ का अध्यक्ष शेरबहादुर साउँदले विद्यालयहरुको विकासका लागि वडाबाट सक्दो सहयोग गरिरहेको बताए।
‘वडाभित्रका सबै विद्यालयहरुको विकासका लागि आवश्यक बजेट व्यवस्थापन तथा सहयोग गर्दै आएका छौं,’ उनले भने। विद्यालयका शिक्षक ईश्वरदत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरतबहादुर तिरुवाले आर्थिक, शैक्षिक र भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। खेलकुदका विभिन्न विद्यामा विद्यार्थीहरुलाई सम्मान र शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।
