

झलारी – नेपाली कांग्रेसका नेता एनपी साउदले तीनै तहका जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक रहेको बताएका छन । शुक्रबार गृहजिल्ला कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउँदले जनप्रतिनिधि भैसकेपछि आलोचनाबाट डराउने नभई आफ्नो काममा केन्द्रित हुनुपर्ने बताए ।

‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौँ ।’ उनले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको समेत बताएका छन् ।

उनले कांग्रेसलाई ०७९ को चुनावबाट जनताले ‘म्यान्डेड’ दिइसकेको समेत बताए । ‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने ।’ तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैं कांग्रेसको खोजी गर्ने जिकिर गरे । साथै उनले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि जिम्मेवारीमा रहेकाहरूले ध्यान दिनुपर्ने समेत बताएका थिए ।
