Mantra
Mayametro Hospital

कञ्चनपुरमा प्रहरीभित्र फेरि गोलीकाण्ड, वकिलले हाने आफैंलाई राइफल

AD offer
JK

 

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंले आफैंलाई हतियार प्रहार गर्दा घाइते भएका छन्। आज बुधबार बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा बिष्टले आफैंमाथि राइफलको गोली हानेर गम्भीर घाइते भएका हुन्।

उनी सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा रहेका थिए

Mantra

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट सिकिस्त बनेका छन् भने उनले एसएलआर राइफलबाट गोली चलाएको खुलेको छ।

mantra Hospital

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी पनि पुगेका छन्। उनले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाए।

घटनापछि तत्काल घाइते जवान बिष्टलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए।

उनले पौष १२ गते आफैंलाई गोली हानेकोमा घाइते भएका थिए। उक्त घटनापछि न्यौपाने गम्भीर घाइते भएकोमा अहिले उपचाररत छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...