Mantra
Mayametro Hospital

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित पक्राउ परे प्रहरीका पूर्वअसइ

AD offer
JK

 

झलारी : कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीकै पूर्वअसइ पक्राउ परेका छन्।

mantra Hospital

जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। हिजो (सोमबार) शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रअन्तर्गत पर्ने चुरे वनबाट भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन्।

Mantra

खड्का नेपाल प्रहरीका पूर्वअसइ भएको खुलेको छ। शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो। चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको हो। चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि पक्राउ गरिएको थियो। खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले दाबी गरेको छ।

भरुवा बन्दुकसहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ। इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले खड्कामाथि अनुसन्धान भइरहेको बताए। खड्काविरुद्ध हातहतियारदेखि चोरी सिकारीजन्य गैरकानुनी कसुरमा मुद्दा आकर्षित हुने प्रहरीले जनाएको छ। वनको टोलीले सोमबार खड्कालाई प्रहरीमा बुझाएको उनले बताए। अहिले यस विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक शर्मालेबताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...