Mantra
Mantra offer

डोटीमा ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दारको मृत्यु

AD offer
JK

 

डोटीः डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

mantra Hospital

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो। बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए। उनलाई बिहान ३ देखि ६ बजेको ड्युटीमा खटाएको थियो।

Mantra

ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस भएका थिए। सोही स्थानमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँचपछि थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...