झलारी: कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक स्थित पूर्वपश्चिम राजमार्गमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोकिँदा चार जना घाइते भएका छन्। आज शनिबार बिहान पूर्वतर्फ जाँदै गरेको सुप प्र ०२००१ ज ०४१७ नम्बरको पदमबहादुर बोहराले चलाइरहेको विङ्गर सँग पश्चिमतर्फ जाँदै गरेको से४ प १६६१ नम्बरको मोटरसाइकल र विङ्गर एक आपसमा अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको अस्थायी प्रहरी पोस्ट वाणीले जनाएको छ।
सडक दुर्घटनामा परी कृष्णपुर २ वाणि ’मुक्तकमैया बस्ती’का नारदमणि राना, पुष्पराज चौधरी, सन्तोष चौधरी गम्भीर घाइते रहेका र उनीहरूको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा विंगरमा सवार घाईते अन्दाजी ६५ वर्षका बृद्ध जयबहादुर कुँवर को भने अवस्था सामान्य रहेको अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक ललित बटालाले बताएका छन्।