झलारी
शुक्लाफाटा नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा चार दिन विदा दिने निर्णय गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।
गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य अवस्थामा प्रतिकुल असर पर्न सक्ने तथा विद्यालय सञ्चालनमा समेत कठिनाई उत्पन्न हुन सक्ने परिस्थितीलाई मध्यनजर गर्दै वर्षे विदाबाट कट्टा हुने गरी विद्यालयहरुमा विदा दिइएकोे उनले बताए ।
उनका अनुसार असार ४ गतेदखी ७ गतेसम्म विद्यालयहरुमा विदा दिइएको हो । असार ३ गते अर्थात् सोमबार बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
- Facebook Comments
- Comments