Mantra
Mayametro Hospital

बैतडीमा एक महिलामाथि बलात्कार : ६ महिनापछि घटना बाहिर आयो

AD offer
JK

बैतडी – बैतडीमा एक महिलामाथि बलात्कार गरिएको घटना ६ महिनापछि बाहिर आएको छ । जिल्लाको सिगास गाउँपालिकाकी २४ बर्षीया एक महिलामाथि देवर नाता पर्ने अन्दाजी २६ बर्षीय अर्जुनसिंह धामीले बलात्कार गरेको घटना बाहिर आएको हो ।

mantra Hospital

ती महिलामाथि गएको असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Mantra

पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो । पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ । पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ । पीडित महिलाका श्रीमान समेत रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...