Mantra
Mayametro Hospital

एन.पी जोशी लगातार छैटौं पटक (MDRT) एमडीआरटी क्वालिफाइड

AD offer
JK

झलारी: नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका बरीष्ट एजेन्सी म्यानेजर नरेन्द्र प्रशाद जोशी (एन.पी जोशी ) ( MDRT (Million Dollar Round Table) एमडीआरटी २०२५ को लागि क्वालिफाइड भएका छन् । यससँगै उनी लगातार छैटौं पटक एमडीआरटी क्वालिफाइड बन्न सफल भएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट निरन्तर तेस्रो पटक एमडीआरटी क्वालिफाइड हुन् ।

लगातार दश वर्षसम्म एमडीआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र ग्लोबल संस्था MDRT (Million Dollar Round Table) एमडीआटीको आजीवन सदस्याता लिने लक्ष्य लिएका जोशीले २०१९ बाट लगातार एमडीआरटी क्वालिफाइड हुँदै आएका छन् ।

Mantra
mantra Hospital

बैतडी जिल्लाको पुजारीगाउंमा जन्मेका जोशी हाल कंचनपुरको शुक्लाफाटा ५ बन्समितिमा बसोवास गर्ने बहुआयामिक व्यक्तित्व उनी पेशागत बीमा अभिकर्ता संध नेपाल बिमक संघ नेपाल लाईफ इन्स्योरेन्सका केन्द्रिय सदस्य समेत हुन् । जनमानसमा बीमा अभिकर्ताको माध्यमबाट बचत र सुरक्षाको वित्तीय साक्षरता फैलाइरहेका जोशी प्रत्यक्ष तथा परोक्ष रूपमा समाजसेवामा समेत जोडिएका छन् । साथै उनले Curriculum Planning Leadership  मा स्नातकोत्तर समेत गर्नु भएकोछ ।

उनी कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य समेत हुन् । निरन्तरको मेहेनत, लगनशीलता र धैर्यतामा विश्वास गर्ने उनी मानिसले आफू सफल हुनको लागि लक्ष्य र गन्तव्यलाई सदैव मानषपटलमा राख्दै आफ्नो कर्ममा दृढ विश्वास राख्नुपर्ने बताउँछन् । उनले निजी ब्यवशायीक क्षेत्रमा ठुलो मात्रामा रोजगारी समेत प्रदान गर्दै आउनु भएको छ ।

जोशीले भने, देशमा आर्थिक मन्दी छ । नेपालमा केहीपनि गर्न सकिँदैन भन्दै विसङ्गति बोध गर्ने हजारौं युवा आफ्नो मातृभूमि छोडेर विदेशीरहेको सन्दर्भमा पनि हामी आफ्नै देशमा केही गर्न सक्छौं भन्ने” सन्देश सबैसामु फैलाउन खोजिरहेका छौं ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...