धनगढीः कैलालीको धनगढीमा स्कुटिले साइकललाइ ठक्कर दिदा एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–१ मा से ४ प ८२४३ नम्बरको स्कुुटिले साइकलयात्री २० वर्षीया रिता चौधरीलाइ ठक्कर दिदा उनि घाइते भएकी हुन्। घाइते रिताको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।