Mantra
Mayametro Hospital

सुदूरपश्चिमबाट १९ लाख बढीको अवैध सामान बरामद

AD offer
JK

कञ्चनपुर:  सुदूरपश्चिमको ३ जिल्लाबाट १९ लाख बढीको अवैध सामान बरामद गरिएको छ । मंगलबार बैतडी, कैलाली र कञ्चनपुरबाट प्रहरीले १६ लाख ३९ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो ।

mantra Hospital

बैतडीको सुर्नया गाउँपालिका – ६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा प्रहरीले १६ लाख १६ हजार बराबरको दिलखुस नामक बिडी १६ पेटी बरामद गरेको हो । प्रहरीले उक्त जिप सहित चालक सुर्नया गाउँपालिका – २ का २१ वर्षीय हरिस बिष्टलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Mantra

यस्तै धनगढी उपमहानगरपालिका – १५ कनरी र टीकापुर नगरपालिका – ९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका ६१ हजार बराबरको कार्पेट, सोफा, तातो कपडा लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ भुजेला र बेलौरी नगरपालिका – ६ बैशाखाबाट २ लाख ६२ हजार ५ सय बराबरको चिनी, मिस्री, जुत्ता, चप्पल, कपडा, साइकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...