Mantra
Mayametro Hospital

दार्चुलामा एम्बुलेन्स दुर्घटना

AD offer
JK

दार्चुला: दार्चुलाको ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । सोमबार राती ब्यास–३ गल्था नजिक एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

mantra Hospital

सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाइते भएका छन् । गाउँपालिकाको केन्द्र सुन्सेराबाट आफ्नो घर गल्था जाने क्रममा एम्बुलेन्स तिंकर सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो ।

Mantra

घाइते चालकको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि भारतको पिथौरागढ रिफर गरिएको ब्यास गाउँपालिकाले जनाएको छ । उक्त एम्बुलेन्स गाउँपालिकालाई नेपाल रेडक्रस सोसाईटीले अनुदानमा उपलब्ध गराएको थियो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...