Mantra
Mayametro Hospital

कैलालीमा आइएमई ग्रुपले गर्‍यो जालपादेवी केबलकारको शिलान्यास

AD offer
JK

धनगढीः कैलालीको कर्णाली–चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास गरिएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले लम्की–चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा ३ दशमलव १ किलोमिटर लामो केबलकारको विशेष कार्यक्रमबिच शिलान्यास गरेकी हुन्। शिलान्यास कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर देउवाले जालपादेवी केबलकारले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन्।

mantra Hospital

उनले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। यो केवलकारले यहाँको पर्यटन प्रवद्र्धनसँगै समग्र समृद्धिमा टेवा पुगाउनेछ।’ डाक्टर देउवाले आयोजनालाई समयमै सम्पन्न गर्न सबैलाई आवश्यक सहयोगको अपिल गर्दै सुदूरपश्चिममा पर्यटन पूर्वाधार विकासमा थप लगानी गर्न आग्रह गरिन्। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको कमी रहेको भन्दै यस्ता परियोजनामा निजी क्षेत्रको लगानी अपरिहार्य भएको बताए।

Mantra

उनले वन विकासलाई बाधक होइन, सहयोगी बनाउन स्वदेशी स्रोतको उपयोगमा जोड दिए। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यो परियोजनाले साहसिक, धार्मिक, र मनोरञ्जन पर्यटनलाई बढावा दिने बताउँदै प्रदेश सरकारले लगानीकर्तालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए। जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो परियोजनाले नेपालको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले पर्यटन पूर्वाधारमा लगानीले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, र आर्थिक समृद्धिमा योगदान पुगाउने बताए। बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, र ब्याङ्क्वेट हल बन्नेछ। टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेष्टुरेन्ट, चिल्ड्रेन पार्क, र अन्य मनोरञ्जनात्मक पूर्वाधार बन्नेछन्। जालपादेवी केबलकारको शिलान्यासले सुदूरपश्चिम प्रदेशको विकास र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...