Mantra
Mayametro Hospital

कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे

AD offer
JK
mantra Hospital

कञ्चनपुर – कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइते भएका छन् ।

न्यौपानेको निधारमा गोली लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताए । न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको कार्कीले बताए । जवान न्यौपाने जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत थिए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...