

कञ्चनपुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खबरदारी सभा गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितीविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको जानकारी दिएको हो ।

सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवंम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणी पोखरेलले बताए । उनले खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितीको भण्डाफोर गरिने बताए ।

सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई छानीछानी षड्यन्त्रपूर्वक विभिन्न खालका चलाइरहेको तर सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको आरोप उनले लगाएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समिति कञ्चनपुरले सभाको आयोजना गरिरहेको छ ।
माओवादीले शक्ति प्रर्दशनका रुपमा समेत लिएको उक्त सभामा २० हजार भन्दा बढी मानिस उर्ताने दाबी गरेको छ ।
