Mantra
Mayametro Hospital

बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु

AD offer
JK

धनगढीः बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु भएको छ। बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

mantra Hospital

सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक हुन्।

Mantra

प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडी सवार शिखर नगरपालिका(११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन्।

धनगढी उपमहानगरपालिका(५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो। सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...