झलारी: राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्लाफाँटा नगर पालिकाका वडाहरूमा अधिवेशन गरिरहेको छ।
मंगलबार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ३ मा दीपेन्द्र देउवाको अध्यक्षतामा १९ सदस्य वडा कमिटी गठन गरेको छ। राप्रपाले वडा समिति गठन गरिएको युवा संगठनका केन्द्रीय सदस्य तपेन्द्र बिष्टले जानकारी दिनुभयो ।
दीपेन्द्र देउवाको अध्यक्षतामा भएको कार्यक्रममा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सदस्य जितसिंह भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। वडा नम्बर ३ को वडा अध्यक्षमा दीपेन्द्र देउवा, उपाध्यक्षमा हिक्मत बहादुर सिंह, आटु राम डगौरा र महिलामा उपाध्यक्षमा धना भट्ट रहनुभएको छ। सचिवमा राजन जोशी, सह-सचिवमा मानमती विष्ट र कोषाध्यक्षमा सुरेश बहादुर सिंह लगायत १९ सदस्य समितिको वडा कमिटी गठन गरिएको छ।
आज गठन गरिएको कमिटी कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नम्बर २ का अध्यक्ष बमबहादुर बम, शुक्लाफाटा नगर अध्यक्ष हिक्मत रतौगी, महिला केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य लक्ष्मी चन्द र राप्रपाका युवा नेता ललित हमाल लगायतको सहभागिता रहेको थियो।