Mantra
Mantra offer

शुक्लाफाँटामा राप्रपाको वडा कमिटि विस्तार

AD offer
JK

 

झलारी: राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्लाफाँटा नगर पालिकाका वडाहरूमा अधिवेशन गरिरहेको छ। आईतबार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १२ मा मोहनदेव जोशीको अध्यक्षतामा ३० सदस्य वडा कमिटी गठन गरेको छ। राप्रपाले वडा समिति, महिला समिति र दुईवटा टोल समिति गठन गरिएको युवा संगठनका केन्द्रीय सदस्य तपेन्द्र बिष्टले जानकारी दिनुभयो ।

मोहन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सदस्य जितसिंह भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। वडा नम्बर १२ को वडा अध्यक्षमा मोहनदेव जोशी उपाध्यक्षमा वीरेन्द्र बोहरा, रामबहादुर बिष्ट र महिलामा उपाध्यक्षमा रम्बा भाँट रहनुभएको छ। सचिवमा मदनबहादुर ऐर, सह-सचिवमा नरेश बहादुर मडै लगायत २४ सदस्य सहितको वडा कमिटी गठन गरिएको छ।

Mantra
mantra Hospital

यस्तै वडा नम्बर १२ मा भएको कार्यक्रममा रामपुर बैदनाथ टोल को संयोजकमा जयानन्द भट्ट र दुवाह टोलको संयोजकमा दरगु राना चुनिनुभएको छ । शुक्लाफाँटाका सबै वडाहरूको अधिवेशन सकेर फागुनभित्र नगर अधिवेशन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले रम्बा भट्टको अध्यक्षतामा १२ सदस्य महिला कमिटी पनि गठन गरेको छ।

आज गठन भएको वडा कमिटीले घटाल थान मन्दिरको प्राङ्गण भित्र श्रमदान गरी गौशाला निर्माण गर्ने आफ्नो पहिलो निर्यण पनि गरेको छ ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नम्बर २ का अध्यक्ष बमबहादुर बम, शुक्लाफाटा नगर अध्यक्ष हिक्मत रतौगी, महिला केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य लक्ष्मी चन्द र राप्रपाका युवा नेता ललित हमाल लगायतको सहभागिता रहेको थियो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...