Mantra
Mayametro Hospital

विद्युत प्राधिकरणले माग्यो ठूलो मात्रामा कर्मचारी, अधिकृतदेखि सुपरभाइजरसम्म

AD offer
JK

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले अधिकृतदेखि सुपरभाइजरसम्मका लागि कर्मचारी माग गर्दै प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो।

अधिकृतस्तरमा प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृतदेखि जियोलोजिस्टसम्म १९५ जनाका लागि दरखास्त आह्वान भएको छ।

Mantra

सहायकस्तरमा मिटररिडिङ सुपरभाइजरका लागि ४१ जना र ३४ जना लेखापाल मागिएको छ।

mantra Hospital

इलेक्ट्रिकल सुपरभाइजरका लागि ७४० जनाका लागि दरखास्त आह्वान गरिएको छ । जसमध्ये कोशी प्रदेशा १४० जना, मधेसमा ९५, बागमता १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना मागेको छ ।

त्यस्तै १९ जना मेकानिकल सुपरभाइजर २ जना सर्भे सुपरभाइजर र एकजना सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर मागिएको छ।

इच्छुक र योग्यता पुग्ने नेपाली नागरिकहरूले माघ ३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

2024-12-20-12-02-36-2081-09-05-11-1734677374-1734678316.jpg

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...