शंकर अवस्थी, झलारी, ३० जेष्ठ
ढल निकासको समस्या र बिबादका कारण रोकीएको कलुवापुर बेलौरी सडकको काम सोमबार देखी तिब्र गतीमा अगाडी बढेको छ । उक्त सडक कंचनपुर क्षेत्र नम्बर २ का सांसद एन पी साउदको चुनाबी ऐजेण्डामा रहेको सडक भएकोले बारम्बार प्रयास गरी रहेको र सो सडक बिबादका कारण हाल सम्म रोकीएको र सम्पुर्ण पक्षहरु संग छलफल गरी समयमै काम सम्पन्न गरीने नेपाली कांग्रेसका युवा नेता उत्तम राज भट्टले झलारी खबर लाई बताउनुभयो ।
सडक डिभिजन कार्यालयले कलुवापुरदेखि बेलौरीसम्म सडक कालोपत्रेका लागि २०७३ मा ठेक्का सम्झौता गरी काम अघि बढेको थियो । संघीय संरचनापछि यो सडक निर्माण कार्य २०७५ मा प्रदेश सरकार मातहत आएर पूर्वाधार विकास कार्यालयले हेर्दै आएको छ ।
सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गरीरहेको र कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए ।
सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरा गरेको पुर्ब मन्त्री एन पी साउदले बताए ।
भ्याट बाहेक १६ करोड ११ लाख सम्झौता रकम रहेको उक्त सडकखण्ड ७।५ मीटर चौडाई रहनुपर्ने र ५।५ मीटर चौडाई कालोपत्रे गरिनुपर्ने उल्लेख छ । पूर्वपश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २७।५ किलोमिटर लम्बाई रहेको उक्त महत्वपूर्ण सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य थीए । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने उक्त सडकखण्डका कारण उनीहरुको दैनिकीमा नै नराम्रो असर परिरहेको ले अब सडक कालो पत्रे भए पछी सो समस्या बाट मुत्त हुने छन ।