नेपाल प्रिमियर लिग एनपीएल को फाइनल प्रवेशका लागि आज जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्दै छन्। सुदूरपश्चिम रोयल्स् एनपीएलको फाइलनमा पुगिसकेको छ। बुधबार जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको थियो। फाइनलमा पुग्ने दोस्रो टोलीका लागि आज जनकपुर र कर्णालीको प्रतिस्पर्धा नहुन लागेको हो।
पछिल्लो पाँच खेलमा हेर्दा जनकपुरभन्दा कर्णाली बलियो देखिएको छ। जनकपुरले खेलेका पछिल्ला पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ। जनकपुर पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिमसँग पराजित भएको थियो। त्यस्तै, एनपीएलको समूह चरणमा चितवन र सुदूरपश्चिमसँगै पराजित भएको थियो।
लिग चरणको शुरुआतमा राम्रो प्रदर्शन गरेको जनकपुरले अन्तिम चरणमा भने लय समात्न सकेको थिएन। कप्तान अनिल साह घाइते भएपछि कमजोर देखिएको छ। कर्णालीले भने पछिल्ला पाँचमध्ये चार खेल जितेको छ। बुधबार भएको इलिमिनेटरमा चितवनलाई पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो। कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो।