Mantra
Mayametro Hospital

सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो, कहाँ कति ?

AD offer
JK

धनगढी: सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मत खसेको छ । एक गाउँपालिकाको उपाध्यक्ष र चार वडा अध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ५७ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

उपाध्यक्षका लागि उपनिर्वाचन भएको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ५२.३१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । कुल सात हजार ४६० मतदाता मध्ये तीन हजार ९०३ जनाले मतदान गरेको भट्टले बताए । जसमा दुई हजार जना महिला र एक हजार ९०३ पुरुष रहेका छन् ।

Mantra

बझाङ सुर्मा गाउँपालिका–४ मा ७७ प्रतिशत मत खसेको छ । कुल एक हजार ५५४ मतदाता मध्ये एक हजार १ सय ९८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

mantra Hospital

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा ६८ प्रतिशत मत खसेको छ । यहाँ एक हजार २ सय ७२ मतदाता मध्ये आठ सय ७७ जनाले मतदान गरेका छन् ।

 

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा ५२ प्रतिशत मतदान भएको छ । एक हजार ५९३ जना मतदाता रहेकोमा आठ सय ३९ जनाले मतदान गरेका छन् ।

मतदान सम्पन्न भएका सबै ठाउँमा मतपेटिका संकलनको काम भइरहेकाले आइतबार रातिदेखि नै मतगणना गर्ने तयारी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...