झलारी: शुक्लाफाँटा नगरपालिका को वडा नम्बर ५ बनसमितिको आयोजनामा जेष्ठ नागरिकहरु लाई घर दैलोमा नै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको समुदघाटन गरिएको छ। शनिबार शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना कुमारी जोशी पन्तको प्रमुख आतिथ्यता मा एक औपचारिक कार्यक्रमका बिच शुरु गरिएको छ।
पहिलो पटक शुक्लाफाँटा नगरपालिकामा घर दैलोमै गएर अब प्रतेक महिनाको ८, ९, १० र ११ गते जेष्ठ नागरिक तथा अशक्त नागरिकहरु लाई स्वास्थ्य चेक जाच गरिनुका साथै निस्शुल्क औसधि बितरण गरिने कार्यक्रमको वडा अध्यक्ष चक्र बहादुर खड्काको अध्यक्षता तथा नगर उपप्रमुख कल्पना कुमारी जोशी पन्त को प्रमुख आतिथ्यता मा शनिबार समुदघाटन गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु,स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्ट, जेष्ठ नागरिक लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना जोशी पन्तले शारीरिक र तन्दुरुस्त हुनका लागि सबै ले सकेसम्म दैनिक रुपमा योग अभ्यास गरौ,पोशिलो र तागतिलो खानेकुरामा बिशेष ध्यान दिन समेत आह्वान गरेका छन्। राज्यले प्रदान गर्दै आएको जेष्ठ तथा अशक्त नागरिकहरुको लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको लागि मात्रै पारिवारका सदस्यहरुले आफ्ना अभिभावक लाई सेवा सत्कार र संरक्षण गरे जस्तो गरेर कृतिम रुपमा देखावटि भूमिका निर्वाह नगरी आफु लाई जन्मदिने आमा,बुवा र परिवारका सबै सदस्यहरु लाई अन्तर हिर्दय र नैतिक जिम्मेवारीका साथ हेरविचार र संरक्षण गर्नुपर्ने उल्लेख गरेका छन्।
वडा नम्बर ५ ले मात्रै न भएर १२ ओटै वडाहरुले स्वास्थ्य,शिक्षा र खेलकुदका क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै वडा को बजेट लाई व्यवस्थापन गर्नुपर्नेमा समेत बिशेष जोड दिएका छन्। साथै जेष्ठ नागरिक आमा बुवाहरुले आफ्नै स्वास्थ्य र आफ्नो घर परिवारको स्वास्थ्यमा असरपार्ने धुम्रपान एवं मध्यपान नगर्न समेत सबैलाई अपिल गरेका छन्। आर्थिक वर्ष २०८१ ०८२ मा एकदमै राम्रो र सामाजिक कार्य गरेको प्रति धन्यबाद ज्ञापन समेत गरेका छन्।
नागरिकहरु लाई घर दैलोमै सेवा दिने उधेश्यले पहिलो पटक वडा कार्यालयले चालु आर्थिक बर्षमा रु एक लाख रुपैया बिनियोजन गरेको र सो रकम बाट जेष्ठ नागरिकहरु लाई सुगर,प्रेसर,ग्यास्ट्रिक र भिटामिन लगायतको औसधिहरु किनेर निशुल्क रुपमा प्रदान गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताए। प्रतेक महिनाको ४ दिन जेष्ठ नागरिक को लागि घरमै गएर चेक,जाच तथा परामर्श ले समयमै रोगको पहिचान गरि जटिल समस्या देखिएमा थप उपचार गर्न अन्यन्त्र लाग्न समेत मद्दत पुग्ने समेत बताए। महिनाको ८ गते गर्जमुनी,९ गते बनसमिति १० गते खजुवा र ११ गते बैशाखा कृष्णटोलमा स्वास्थ्यकर्मीको टोलि सहित जनप्रतिनिधिको टिम पुग्ने वडा अध्यक्ष खड्काले बताए। साथै वडा नम्बर ५ ठुलो जनसंख्या भएको भौगोलिक संरचना र दलित,जनजाति एवं न्यून आर्थिक अवस्था भएको नागरिकको आवास क्षेत्र भएको हुदा पालिका र प्रदेश सरकार बाट समेत थप सहयोग को अपेक्षा राखिएको बताएका छन्।
आधुरभुत स्वास्थ्य सेवा केन्द्र वनसमितिका कार्यालय प्रमुख हरि नाथले मङ्सिर ८ गते शनिवारका दिन ४७ जना जेष्ठ नागरिकको स्वास्थ्य चेक जाच गरिएको र आइतबार १०२ जनामा स्वास्थ्य चेक जाच गरिएको कार्यालय प्रमुख नाथले बताए। स्वास्थ्य चेक जाचको क्रममा अधिकांस जेष्ठ नागरिकहरुमा उच्च रक्तचाप,सुगर र दम रोगको संक्रमण देखिएको बताएका छन् भने ८ गते बाट संचालन गरिएको जेष्ठ नागरिकहरु लाई घर दैलोमा नै स्वास्थ्य सेवा प्रदान गर्ने औपचारिक कार्यक्रमको संचालन समेत कार्यालय प्रमुख हरि नाथले संचालन गरेका थिए।