Mantra
Mayametro Hospital

कैलालीमा युवकलाई अपहरण गर्ने तीन जना पक्राउ

AD offer
JK

धनगढीः कैलालीमा युवकलाई अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी पक्राउ परेका हुन्। उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो।

Mantra
mantra Hospital

पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ। बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय र कबेदारस्यु गाउँपालिका–६ का १७ वर्षीय किशोर कुटपिटमा परेका थिए।

उनीहरु दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको पाइएको प्रहरीले बताएको छ। कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले धामी र खड्कालाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिन्छ। यसअघि उनीहरुको कोठामा प्रवेश गरेर लुगा धुने काममा लगाउने तथा जबरजस्ती खाना चोरेर लैजाने गरेका थिए।

उनीहरुले कोठाबाट कपडा र नगद समेत चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ। यस्तै, सोही समूहले एक हप्ताअघि गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा लगि कुटपिट गरेका खुलेको छ। विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरि शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...