बैतडीः बैतडीमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्लाको मेलौली नगरपालिका–७ का २४ वर्षीय रोशनसिंह रावत बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार १३ वर्षीया बालिकालाई रावतले जबरजस्ती करणी गर्न खोजेको आरोप छ।
बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा रावतलाई आतवार नै पक्राउ गरिएको हो। उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।