Mantra
Mayametro Hospital

लागुऔषधसहित ६ जना युवकलाई मालाखेती प्रहरी अत्तरियाले समात्यो

AD offer
JK

धनगढीः इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ।

मालाखेती प्रहरी र मातहत प्रहरी युनिटबाट खटिएको टोलीले एक महिनाको अवधिमा लागुऔषधसहित ६ जना युवकलाई नियन्त्रणमा लिएको हो। १८ देखि २८ वर्ष उमेर समुहकका युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरुलाई प्रहरीले खोजीखोजी नियन्त्रणमा लिन थालेको छ।

Mantra
mantra Hospital

सोही क्रममा गौरीगंगा नगरपालिका–४ राजिपुरबाट गौरीगंगा–४ का १८ वर्षीय मानबहादुर साउँद १८ ग्राम ७९० मिलिग्राम लागूऔषध पक्राउ परेका छन्। यस्तै गोदावरी नगरपालिका–१ अत्तरियाबाट गोदावरी–४ का २८ वर्षीय लोकेन्द्र बोगटी ६० मिलिग्राम लागूऔषध पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ अत्तरियाबाटै चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह १ ग्राम २३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

चुरे गाउँपालिका–३ बाट डोटीको जोरायल गाउँपालिका–२ का २४ वर्षीय गोबिन्द बिष्ट र २४ वर्षीय दिपक बिष्ट २ ग्राम ७९० मिलिग्राम लागूऔषध पक्राउ परेका छन्। यस्तै गोदावरी नगरपालिका–८ फकलपुरबाट लागुऔषधसहित निर्मल चौधरीलाई पनि पक्राउ गरिएको छ।

उनी १ ग्राम ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ का २३ वर्षीय जगत कठायत १२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। उनी गोदावरी नगरपालिका–८ खैरानाबाट आइतबार पक्राउ परेका हुन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...