Mantra
Mayametro Hospital

शुक्लाफाँटामा जारि नि:शुल्क योग विज्ञान शिविर सम्पन्न

AD offer
JK

झलारी: कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडानं-११ मा जारि सातदिने नि:शुल्क योग विज्ञान शिविर शनिवार सम्पन्न भएको छ।

मंसिर २ गते देखि जारि  निशुल्क ७ दिने योग विज्ञान शिविर श्री सरस्वती माध्यमिक विधालय अमरपुरमा शनिबार जडिबुटी द्वारा हवन यज्ञ संगै योग साधना गरि सम्पन गरिएको हो।

Mantra
mantra Hospital

दोस्रो चरणमा शुक्लाफाँटा नगरपालिका वडानं ११ कै श्री कृष्ण सामुदायिक वन अमरपुरको सभाहलमा आईतवार देखि निरन्तर निशुल्क योग विज्ञान शिविर संचालन गरिने लक्ष्य राखिएको पतंन्जलि योग समिति शुक्लाफाँटाका युवा योग प्रभारी केशवराज पनेरुले वताए। गरौ योग रहौ निरोग स्वच्छ जिवनको चाहना योग शिक्षा र साधना भन्ने मुल नाराका साथ शुनपाको वडानं – ११योग जागरणको अभियान गर्न लागिएको पनेरुले जनाए।

पतंन्जलि योग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थिको सभापतित्वमा आयोजित ७ दिने निशुल्क योग विज्ञान शिवर समापन कार्यक्रमको प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पना पंन्त रहेका थिए। योग शिवर समापन कार्यक्रममा विशिष्ट अतिथिमा पतंन्जलि योग समिति कंचनपुरका जिल्ला अध्यक्ष दयाकृष्ण जोशि,उपाध्यक्ष ई।धन सिंह रावल,महासचिव प्रेम सिंह भाट,कोषाध्यक्ष,शमशेर चन्द त्यसैगरि अतिथिमा शुक्लाफाँटा नगरपालिकाका पुर्व वडा अध्यक्ष दिल वहादुर वुढा,शिवराज पनेरू,तेज शाह,श्री कृष्ण सामुदायिक वनका अध्यक्ष अमर ऐर,पतंन्जलि योग समिति शुक्लाफाँटाका उपाध्यक्ष ईश्वरी भट्ट,सल्लाहकार ज्ञानु जोशि,योग प्रशिक्षक केशवराज पनेरू, द्वारिका कुवर,लक्ष्मि ऐर,राजमति ऐर श्री सरस्वती माविका सहायक प्रधानाध्यापक गणेश वहादुर विस्ट लगायत वडावासि योग साधकको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका उप प्रमुख कल्पना पंन्तले योग मानव जिवनको लागि अतिनै आवश्यक भईसकेको छ। योगलेनै मानिसको शारीरिक मानसिक स्वास्थ्य लाई ठिक गर्ने उत्तम त छदैछ।योगवाट आध्यात्मिक ज्ञान ध्यानलाई एकाग्रताका साथ मनलाई आत्मा र विचार संगै जोड्दै हाम्रो आत्मालाई पर आत्मा संग जोड्ने काम योगलेनै गरिरहेको उप प्रमुख पंन्तले वताए।उनले बर्तमान समयमा युवाहरूमा देखिदै आएको कुलत दुर्बेसन अपराधिक मनोवृति वाट मुक्त हुनका लागि पनि योग ध्यान साधना अतिनै उपयोगि हुँदै गएको छ। नागरिकको स्वास्थ्यलाभ सुरक्षा संगै नगरवासि मा असल संस्कार, चरित्र निर्माण,आदर्शवान कर्तव्यनिष्ठअसल नागरिक निर्माणका लागि योग प्रतेक नागरिकको घरघर सम्म पुग्नु अनिवार्य भईसकेको कार्यक्रमका प्रमुख अतिथि उप प्रमुख पंन्तको भनाई रहेको थियो।

योग शिविर समापन लगत्तै वसेको पतंन्जलि योग समिति कंचनपुर र पतंन्जलि योग समिति शुक्लाफाँटाको संयुक्त वैठक वाट पतंन्जलि योग समिति शुक्लाफाँटाको नगर अध्यक्षमा पुनह केशवदत्त अवस्थिलाईनै सर्वसम्मत चयन गरिएको छ भने पतंन्जलि योग समिति शुक्लाफाँटाका युवा योग प्रभारी केशवराज पनेरूलाई पतंन्जलि योग समिति कंचनपुरको जिल्ला सदस्यमा चयन गरिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...