Mantra
Mayametro Hospital

शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त गर्न गृहमन्त्रीको निर्देशन

AD offer
JK

कैलाली: गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन । मङ्गलबार कैलालीको धनगढीमा गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदैन गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी मुस्कानसहित प्रभावकारी ढङ्गबाट सेवा प्रभाव गर्न निर्देशन दिएका हुन ।

गृहमन्त्री लेखकले अपराध, राजस्व चुहावट, सीमा सुरक्षा, लागूपदार्थ, सवारी दुर्घटना नियन्त्रण गर्न निर्मम ढङ्गबाट काम कारवाही अगाडि बढाउन निर्देशन दिएका हुन । सुदूरपश्चिम प्रदेश भारत र चीनसँग सीमा जोडिएकाले संवेदनशील तरिकाले सीमा सुरक्षाका सवालमा काम गर्नसमेत मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन

Mantra

पछिल्लो समयमा साइबर अपराध बढेकाले यसको निगरानी गर्नसमेत निर्देशन दिनुहुँदै गृहमन्त्री लेखकले भने, “सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा वितृष्ण फैलाउने, धार्मिक तथा जातीय हिंसा फैलाउने कार्य हुन नदिन सुरक्षा निकायले सजग र चनाखो भएर काम गर्नुपर्छ ।”

mantra Hospital

सुरक्षा गोष्ठीलाई औपचारिकतामा मात्र सिमित नराखी शान्ति सुरक्षाका सवालमा गोष्ठीमा उठेका सवालहरूलाई कडाइका साथ पालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले भने, “अशान्ति कस्तो हुन्छ रु यसले कस्तो नोक्सान गर्छ भन्ने कुरा हामीले दशवर्षे शसस्त्र द्वन्द्वको समयमा अनुभूति गरेका छौं । अशान्तिले कसैलाई पनि फाइदा गर्दैन तसर्थ शान्ति स्थापना गर्न सबैले एकजुटका साथ अगाडि बढ्नुको विकल्प छैन ।’’

यस्तै, मङ्सिर १६ गते हुने उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले भूमिका खेल्नुपर्नेमा मन्त्री लेखकले जोड दिएका छन ।

यसैगरी, गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले लोकतन्त्रको रक्षाका लागि सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिए । उनले भने, “लोकतन्त्र सबैभन्दा उत्कृष्ट व्यवस्था हो । यसमा अराजकता मौलाउन दिनुहुँदैन् । पछिल्लो समयमा लोकतन्त्रको नाममा अराजकता हाबी हुन थालेकाले सुरक्षा निकायले चनाखो भएर निगरानी बढाउनुपर्छ ।”

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षता सुरु भएको गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...