Mantra
Mayametro Hospital

झलारी–पिपलाडी सडकमा खाल्डाखुल्डी, आवतजावतमा समस्या

AD offer
JK

झलारी: शुक्लाफाँटा नगरपालिका–४ स्थित मुख्य सडकमा खाल्डाखुल्डीका कारण स्थानीय बासिन्दा र यात्रुहरूले दैनिकजसो समस्या भोगिरहेका छन्। लामो समयदेखि मर्मत नहुँदा झलारीदेखि पिपलाडी जोड्ने प्रमुख सडकको अवस्था नाजुक बनेको हो।

 

mantra Hospital

सडकमा खाल्डाखुल्डी पर्दा आवतजावतमा समस्या भइरहेको स्थानीय भानदेव जोशीले बताए। ‘सुक्खा समयमा धुलो र वर्षातमा पानी जमेर आवतजावतमा कठिनाइ हुन्छ,’ उनले भने, ‘सडक मर्मतका लागि हामीले धेरैपटक वडा कार्यालय र नगरपालिकालाई आग्रह गर्यौ तर अहिलेसम्म कुनै समाधान भएको छैन,’ उनले भने। खाल्डाखुल्डीका कारण दुर्घटना बढ्दै गएको स्थानीय शान्ती प्रसाद अवस्थीले बताए। ‘यो सडक झलारीदेखि पिपलाडी जोड्ने प्रमुख सडक हो,’ उनले भने, ‘आज बन्ला, भोली बन्ला भन्दाभन्दै यो सडकमा कालोपत्रेमाथि ग्राभेल हालिएको छ।’ सडकमा खाल्डाखुल्डी हुँदा सवारीसाधन चालाउन समस्या भइरहेको अटो व्यवसायी महेश चौधरीले बताए। ‘कालोपत्रे सडकमा खाल्डानै खाल्डा छन्, सडकको यो अवस्थाका कारण अटो बिग्रिन्छन्, यात्रुहरुलाई पनि समस्या भइरहेको हुन्छ,’ उनले भने, ‘हामी नगरपालिकालाई कर तिरिरहेका हुन्छौं। सडक मर्मत गरि दिन आग्रह गर्दछौं।’ सडक मर्मत नहुँदा अटो बिग्रिएर बनाउनमै कमाएको रकम सकिने गरेको विजय डगौराले बताए। ‘दिनभर कमाएको रकम अटो मर्मतमै सकिन्छ, नेताहरु सडक त बनाउँछन्, वर्ष दिनमै बिग्रिने खालको बनाउँछन्,’ उनले भने, ‘यो सडकलाई मर्मत तथा कालोपत्रे गरिदिन आग्रह गर्दछु।’

Mantra

२०७४ सालमा निर्माण गरिएको सडक मर्मत गर्न नसक्दा खाल्डाखुल्डी परेको शुक्लाफाँटा नगरपालिकाका ईन्जिनियर लोकेन्द्र भट्टले बताए। ‘कालोपत्रे सडक भुट्ने बित्तिकै मर्मत गर्नुपथ्यो, त्यो गर्न सकिएन्, अहिले खाल्डाखुल्डी परेका ठाउँमा ग्राभेल हालेर आवतजावत सहज बनाएका छौं,’ उनले भने, ‘एडीबीको दोस्रो चरण आएमा त्यहाँ पक्की सडक बनाउने नगरपालिकाको योजना छ।’ सडक मर्मतका लागि वडा कार्यालयले १ लाख विनियोजन गरेको बताउँदै अध्यक्ष कमल ठकुल्लाले खाल्डाखुल्डी पुरिएको बताए। ‘एडीबीले यो सडक स्तरोउन्नती गर्ने योजना छ, ५ सय ८० मिटर सडक कालोपत्रे गर्ने योजना छ,’ उनले भने, ‘यो वर्ष निर्माण गर्न नसकिए अगामी वर्ष त्यो सडकलाई निर्माण गर्छौ।’ वडाभित्रका सडकहरुलाई निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारसँग पनि माग गरेको उनले बताए। ‘विभिन्न विकास निर्माणका योजनाहरु माग गरेका छौं,’ उनले भने।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...