Mantra
Mayametro Hospital

जनहितका कार्यमा समर्पीत शुक्लाफाँटाका पूर्व नगर प्रमुख ऐर

AD offer
JK
झलारी : शुक्लाफाँटा नगरपालिकाका पूर्व नगर प्रमुख दिल बहादुर ऐरलाई प्रहरीमा न्यायका लागि आएका विवाद सुल्झाउने कार्यबाट फुर्सदनै छैन । दैनिक तीन देखि पाँच वटा विवाद प्रहरीको रोहवरमा मध्यस्थता गरी मेलमिलाप गराउनु हुन्छ ।बाटोघाटो, साँध सीमाना, झै झगडा, घरेलु हिंसा, गालीगलौज,लेनदेन सम्बन्धीका उजुरी लिएर प्रहरीमा पुग्नेहरुलाई उहाँले न्याय दिलाउने कार्यमा मध्यस्थताको भूमिका निर्वाह गर्दै आउनु भएको हो ।

न्यायका लागि प्रहरीमा पुग्नेहरु निवेदन लेख्ने कार्य देखि विवादमा मध्यस्थताका लागि पूर्व नगर प्रमुख ऐरलाई गुहार्नु हुन्छ । विवादको छिनोफानो गर्ने कार्यबाट उहाँ बेफुर्सदिला छन । विहानीको झिसमिसे संगै साँझ अवेर सम्म विवाद सुल्झाउने कार्यबाट फुर्सद नमिल्ने गरेको ऐर बताउनु हुन्छ । “पीडितहरु न्यायको खोजीमा मध्यस्थताका लागि आउने गर्दछन” उहाँले भन्नुभयो, “ जनताको सेवक भएकाले नाइनास्ती गर्न सकिदैन, निवेदन लेख्ने देखि प्रहरीमा पुगेर न्याय निरुपणका लागि पहल गर्ने गर्दछु ।” नगर प्रमुखबाट पदावधि सकिएर बाहिरिए पछि जनताको कार्य गर्न नछाडेको उहाँ बताउनु हुन्छ । जनताकै कार्यमा हरदम तम्तयार भएर खटिने भएकाले नगर प्रमुखमा जनताले बहुमतका साथ विजयी गराएको उहाँ स्मरण गर्नु हुन्छ । पूर्व नगर प्रमुख ऐर सादगी जीवन विताउने नेताका रुपमा परिचित छन । नगर प्रमुखमा निर्वाचित हुदा घरबाटै काठको कुर्सिमा बसेर उहाँले पाँच वर्ष कार्य गरे । निकै चर्चामा रहे । अहिले त्यो काठको कुर्सि नगरको थारु संग्रहालयमा संरक्षित गरेर राखिएको छ ।

Mantra

“जनताले काम गर्न पठाएका थिए” ऐर भन्नुहुन्छ, “सेवक भएर कार्य गरे, दुई वर्ष मात्रै राम्ररी काम गर्न पाईयो, तीन वर्ष कोरोना महामारीमा वितेपनि जति काम भयो, त्यसबाट सन्तुष्ट छु ।”

आधारभूत स्वास्थ्य चौकी, वडा कार्यालयका भवन, कालोपत्रे सडक, नयाँ सडकको ट्रयाक खोली स्तरोन्नती गर्ने कार्य, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, नगर चक्रपथको विस्तृत सर्भे देखि डिपिआर बनाउने सम्मको कार्य गरिएको उहाँ बताउनु हुन्छ । “वनहरा सुकुम्बासी बस्तीका बासिन्दा स्वास्थ्यको समस्या लिएर आए” उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संग अनुरोध गरे, उहाँहरुले शिविरका बासिन्दाको स्वास्थ्य चेकजाँच गरेर परामर्श संगै निःशुल्क औषधी वितरण गरे, सुकुम्बासी बस्तीका बासिन्दाको आर्शिवाद थाप्न पाए यो नै मेरा लागि सौभाग्यको बिषय हो ।” शिविरका बासिन्दा दल बहादुर बोहराले नगर प्रमुख छदा छानामा राख्नका लागि त्रिपाल, उज्यालोका लागि सौर्य बत्ति पाएको उल्लेख गर्दै अहिले स्वास्थ्यको समस्या राख्दा शिविरमै स्वास्थ्यकर्मी ल्याएर सेवा दिएको बताउनु भयो ।”पूर्व नगर प्रमुख हाम्रा लागि भगवाननै हुन” उहाँले भन्नुभयो, “सुखदुःखमा साथ दिदै आउनु भएको छ ।”

mantra Hospital

त्यति मात्रै नभएर पूर्व नगर प्रमुख ऐर आर्थिक रुपमा विपन्न दलित परिवारको खेतवारीमा धान काटने कार्यमा पनि संलग्न हुदै आएका छन । “धान पाकेर पहेलपुर हुदा श्रीमान श्रीमती मात्रै काटने कार्यमा संलग्न थियौं” वडा नं ९ का हुकुम बहादुर चुनाराले भन्नुभयो, “समयमै धान काटन नसकेर झर्ने अबस्थामा पुगेको थियो, तीन घण्टा हामी संगै धान काटने कार्य गरेर पूर्व नगर प्रमुख ऐरले गुन लगाएका छन ।” कुनै आपत विपद पर्दा पूर्व नगर प्रमुख ऐरलाईनै गुहार्ने गरिएको उहाँ बताउनु हुन्छ । पूर्व नगर प्रमुख ऐर अहिले प्रहरीमा आएका विवादको मध्यस्थता गरी किनारा गर्ने कार्य देखि जनताको सुख दुखमा साथ दिनका लागि सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैंया लगायतका बस्तीमा पुग्दै आएका छन ।

“बस्तीमा पुगेर जनताका गुनासा सुन्ने कार्य गर्दै आएको छु” ऐरले भन्नुभयो, “समस्या आफनै पहलमा समाधान गर्न सकिने भए गर्छु , गर्न नसकिने भए सम्बन्धीत निकायको ध्यानाकर्शण गरेर समस्या सामाधानका लागि जनस्तरबाट दवाव दिने कार्य गर्छु ।”

केही दिन अघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारीत क्षेत्रबाट विस्थापनमा परेका व्यक्तिहरुलाई लिएर हालै पूर्व न्यायधिशको संयोजकत्वमा गठित जग्गा समस्या समाधान आयोगमा पुग्नु भएको छ । “निकुञ्ज विस्थापीत परिवारलाई पुनः स्थापन गराउनका लागि आयोगका अध्यक्ष संग कुरा राख्यौं” उहाँले भन्नुभयो, “छानविन गरी वास्तविक विस्थपीत परिवारलाई पुनः स्थापनका लागि सिफारिस गर्ने अश्वासन पाईएको छ ।” आवाज विहीनहरुको आवाजका रुपमा पूर्व नगर प्रमुख ऐरलाई बुझने गरिएको निकुञ्ज विस्थापीत नरिभान ढुङगालले बताउनु भयो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...