Mantra
Mayametro Hospital

दार्चुला दुर्घटना अपडेट : घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

AD offer
JK

 

दार्चुलामा जीप दुर्घटना परि घाइते भएकाहरुलाई थप उपचारकाे लागि नेपाली सेनाकाे हेलिकप्टर मार्फत धनगढी ल्याएको छ। 

शुक्रबार बिहान ४ बजे मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको (बन्दबोडी) जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका ५ ग्वानिको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको हाे। जीपमा सवार सबै मालिकार्जुन मन्दिरमा दर्शन गरेर फर्किरहेका थिए।

Mantra

दुर्घटनामा परी मृत्यु हुनेहरु को नामावली

१. दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ बर्षीय दिलिप बिष्ट

२. दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडकी ४० बर्षीया मीना लेखक,

३. शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल,

४. शैल्यशिखर नगरपालिका –५ लेकगाउँकी २५ बर्षीया शान्ति रावल,

५ .बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका १६ बर्षीय सुजीब बोहरा,

mantra Hospital

६. बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका ५० बर्षीया विरेन्द्र बोहरा,

७. भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर,

८. उत्तर प्रदेशकै मेजावट बस्ने १८ बर्षीय मोहम्मद ओसिल

 दुर्घटनामा परेर घाइतेहरु को नामावली

१. जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० बर्षीय सुनिल जोशी,

२. बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया,

३. दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ बर्षीय सन्दीप रावल,

४. ठेगाना खुल्न नसकेका प्रकाश रावल,

५. भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाह रहेका छन् ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...