Mantra
Mayametro Hospital

दार्चुला जिप दुर्घटना अपडेट : मृत्यु हुनको संख्या ८ जना पुग्यो, ५ जना घाइते (नामसहित)

AD offer
JK

दार्चुला –दार्चुलामा जिप दुर्घटनामा परी मत्यु हुनेको संख्या आठ जना पुगेको छ । ५ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जिप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ६ जनाको जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाँदै गर्दा बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । मृत्यु हुनेमा ६ जना पुरुष र दुई जना महिला रहेका छन् ।

Mantra

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ बर्षीय दिलिप बिष्ट, सोही ठाउँकी ४० बर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र सोही ठाउँकी २५ बर्षीया शान्ति रावल रहेकी छन् ।

mantra Hospital

यस्तै बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका १६ बर्षीय सुजीब बोहरा, डिलाशैनी –५ कै ५० बर्षीया विरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने १८ बर्षीय मोहम्मद ओसिलको पनि दुर्घटना परी मृत्यु भएको प्रहरी निरीक्षक रावतले बताए ।

यस्तै दुर्घटनामा परेर घाइते हुनेमा जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ बर्षीय सन्दीप रावल, ठेगाना खुल्न नसकेका प्रकाश रावल र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाह रहेका छन् । घाइतेमध्ये चालक जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट रहेको छ ।

जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेहरु को नामावली
१. दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ बर्षीय दिलिप बिष्ट
२. दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडकी ४० बर्षीया मीना लेखक,
३. शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल,
४. शैल्यशिखर नगरपालिका –५ लेकगाउँकी २५ बर्षीया शान्ति रावल,
५ .बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका १६ बर्षीय सुजीब बोहरा,
६. बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका ५० बर्षीया विरेन्द्र बोहरा,
७. भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर,
८. उत्तर प्रदेशकै मेजावट बस्ने १८ बर्षीय मोहम्मद ओसिल

 दुर्घटनामा परेर घाइतेहरु को नामावली
१. जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० बर्षीय सुनिल जोशी,
२. बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया,
३. दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ बर्षीय सन्दीप रावल,
४. ठेगाना खुल्न नसकेका प्रकाश रावल,
५. भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाह रहेका छन् ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...