Mantra
Mayametro Hospital

कञ्चनपुरकी निर्मला प्रकरणको प्रत्यक्षदर्शी भन्ने अर्याल प्रहरी नियन्त्रणमा, धमला पनि सिआईबीमा

AD offer
JK

काठमाडौ: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले बुधबार नियन्त्रणमा लिएको हो।

सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए। बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Mantra

मोबाइल घरमै छाडेर हिँडेका उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन्। 

mantra Hospital

धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए। त्यससम्बन्धमा बुझ्नका लागि बोलाइएपछि धमला पनि बुधबार दिउँसो सिआइबी कार्यालय पुगेका हुन्। 

२०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

यस्तै अर्याललाई मानसिक समस्या रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। एसपी बोगटीका अनुसार अर्याललाई हाई सुगरको कारणले गर्दा समस्या रहेको खुलेको हो।

त्यस्तै अर्यालको खुट्टाका ३ वटा औलाहरु पनि झरेको बताइएको छ। उनको स्वास्थ्य समस्याका कारण अपरेसन गरेर औला निकालेको बुझिएको छ।

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...