दार्चुलाः दार्चुलामा ८ जना जुवाडे पक्राउ परेका छन्। मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना स्थित २५ वर्षीय किसनसिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना पक्राउ परेका हुन्।
आठै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ३२ हजार ३७० र ३ गड्डी ताससहित पक्राउ गरेको हो।