Mantra
Mayametro Hospital

कञ्चनपुरमा तस्करी गरेर ल्याइएको ६ लाख ३७ हजारको सामान बरामद

AD offer
JK

कञ्चनपुरः कञ्चनपुरमा तस्करी गरेर भित्र्याइएको ६ लाख ३७ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ। शुक्रबार र शनिबार भारतबाट तस्करी गरेर कञ्चनपुर भित्र्याइएको अबैध सामान प्रहरीले बरामद गरेको हो। तर सामान तस्करीमा संलग्न व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले एक लाख ६४ हजार ८ सय मुल्यको अवैध सामान बरामद गरेको छ।

mantra Hospital

यस्तै इलाका प्रहरी कार्यालय बेलडाँडीले ५ हजार ३६० र इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ५२ हजार ९२० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले एक लाख ३० हजार २ सय, अस्थायी प्रहरी बिट मझगाँउले १९ हजार ५ सय, प्रहरी चौकी झोलुङगेले १५ हजार र प्रहरी चौकी बाबाथानले ५० हजार गरेर ६ लाख ३७ हजार ७८० मुल्यको अबैध सामान बरामद गरिएको छ।

Mantra

सुर्ती, सुट सुरुवाल, स्विटर, ब्यालेन्केटको खोल, डिएपिमल, पोटास, जुत्ता, मकैको बिउ, ज्याकेट, गद्दाको खोल, गुडिया, कस्मेटिक सामान, नमकिन, प्लाष्टिक, किराना सामान र एक थान मोटरसाइकल बरामद गरेर भन्सार कार्यालय चलान गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...