Mantra
Mayametro Hospital

कैलालीको धनगढीमा  ‘श्रमाधान रोजगार मेला’ आज र भोली  चल्ने

AD offer
JK

धनगढी , २७, शंकर अवस्थी

कैलालीको धनगढीमा  ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ ।

Mantra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त मेला  आज र भोली  चल्ने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले  मेलामा ३५ वटा कक्षका लागि निजी क्षेत्रका व्यवसायीले स्टल राखेको जानकारी दिए ।

 

mantra Hospital

उपसचिव बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई रोजगार दातासम्म पुर्‍याउने उद्देश्यले श्रमाधान मेलाको आयोजना गरिएको भन्दै मेला रोजगारादाता र रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि महत्त्वपूर्ण हुने बताए ।

‘पछिल्लो समय नेपाली युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै गएको छ । आन्तरिक रोजगारीतर्फ ध्यान नपुर्‍याउन सकिराखेको अवस्थामा आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न एउटा अभियानका रुपमा यो मेलाको आयोजना गरिएको हो,’ उनले भने।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए ।

अबका दिनमा नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न तथा कस्तो खालको सीपको आवश्यकता पर्छ भन्ने विषयलाई सम्बोधन गर्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकले बताए ।

मेलाबाट दुई हजारभन्दा बढी जनालाई रोजगारीका अवसर प्रदान गरिने उनले जानकारी दिए ।

‘विभिन्न कम्पनी, उद्योगबाट रोजगारी दिनका लागि माग भएको छ । हामीले त्यहीअनुसार रोजगारी दिने व्यवस्था गरेका छौं । रोजगारदाता सबै कम्पनीका छुट्टाछुट्टै कक्ष  रहेका छन ,’ अध्यक्ष पाठकले भने ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...