Mantra
Mayametro Hospital

मन्त्र अस्पतालले संचालन गरेको हेल्थडेस्कबाट एक हजार ६ सय ४७ लाभान्वित

AD offer
JK

कञ्चनपुर: कञ्चनपुरको पश्चिम नाका गड्डाचौकीमा घटस्थापनादेखि छठसम्म संचालन भएको एक निजी अस्पतालको हेल्थडेस्कमा हजारौँ नागरिकले सेवा लिएका छन । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले पश्चिम सीमा नाका गड्डाचौकीमा संचालन गरेको हेल्थडेस्कमा एक हजार ६सय ४७ जना नागरिकले सेवा लिएका छन ।

mantra Hospital

१७ असोज घटस्थापनादेखि २२ कार्तिक छठसम्मै संचालन भएको हेल्थडेस्कमा भारतबाट नेपाल फर्किने नेपाली नागरिकले सेवा लिएका हुन । मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले बडादशैँ, शुभदिपावली एव छठको अवसरमा निःशुल्क हेल्थडेस्क संचालन गरिएको बताए । भारतबाट फर्किने नेपाली नागरिकको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क हेल्थडेस्क राखिएको बताए ।

Mantra

डा. रोकायाले दशैँ, तिहार एव छठको अवसर पारेर गड्डाचौकी नाकाबाट स्वदेश भित्रिने नेपाली नागरिकको स्वास्थ्य उपचारका लागि हेल्थडेस्क स्थापना गरिएको बताए । हेल्थडेस्क मार्फत स्वास्थ्य चेकजाँच, प्राथमिक उपचारका साथै परामर्स गरिएको थियो ।

मन्त्र अस्पतालले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । निःशुल्क उपचार स्वास्थ्य सेवा पाएपछि स्वदेश फर्किने नेपाली हर्षित भएका छन ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...