बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा देउडा कार्यक्रमको आयोजना गरिने भएको छ । गिरेगडा मेलाको पूर्वसन्ध्यामा यही कार्तिक २५ र २६ गते देउडा कार्यक्रमको आयोजना गरिने भएको हो । वडा नं १ स्थित काफलखाना गिरेगडा मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाको पूर्वसन्ध्यामा २५ र २६ गते देउडा कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।
यही कार्तिक २७ गते गिरेगडा मन्दिरमा बृहत मेला लाग्दैछ । सोही मेलाको पूर्वसन्ध्यामा यहाँ देउडा कार्यक्रमको आयोजना गरिएको मेला व्यवस्थापन समितिको प्रचारप्रशार संयोजक हरि साउँदले जानकारी दिए । यस देउडा कार्यक्रममा स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले देउडामाफर्त आफ्नो प्रस्तुती राख्ने बताइएको छ ।