Mantra
Mayametro Hospital

डडेल्धुरामा बडाल जाँत कार्तिक २७ गते हुने

AD offer
JK

डडेल्धुराः डडेल्धुरामा चौलोले प्रसिद्ध बडाल जाँत कार्तिक २७ गते हुने भएको छ। कार्तिक २६ गते रतेडी, २७ गते दिउँसेडी मेला हुने गन्यापधुरा गाउँपालिका–२ का अध्यक्ष मनोज देउवाले बताए।

विभिन्न धार्मिक,सास्कृतिक तथा सामाजिक गतिविधिहरु समेत यस वर्ष बडाल जात मनाईन लागेको अध्यक्षा देउवाले बताए। बडाल जाँत हरेक वर्ष कार्तिक शुक्ल दशमीको राती रतेडी र एकादशिका दिन दिउँसेडी गरी मनाईने परम्परा रहेको छ।

Mantra
mantra Hospital

गन्यापधुरा गाउपालिका–२ बडालमा रहेको लाटागन्याप देवताकाको पुजा आजा गरी बडाल जाँत मनाईन्छ। चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ।

मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रहेको छ। बडाल जाँतमा बिगतका बर्षहरु जस्तै स्थानियहरुको उत्पादन अहिले पनि साटासाट हुने गर्दछ। स्थानिय कृषकहरुको बिभिन्न कृषि उत्पादन, दाल, हलो–जुवा लगायतका वस्तुहरुको समेत मेलामा किनमेल हुने गर्दछ।

सबैभन्दा बढी दाईन, दमाहा र भोक्कर बजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध रहेको छ। मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनहरु पुग्ने गरेका छन। वडाअध्यक्ष देउवाले मदिरा बेचबिखन तथा प्रयोग र जुवातास खेल्ने वा खेलाउने गरेको पाइएमा कारवाही गरिने बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...