Mantra
Mayametro Hospital

उपनिर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायो नेता, सुदूरपश्चिममा नेता एनपी साउद

AD offer
JK

काठमाडौं: नेपाली कांग्रेसले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरु खटाएको छ । बुधबार बसेको कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले १० नेताको जिम्मेवारी तोकेको हो ।

mantra Hospital

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिनालाई बागमतीमा, भीष्मराज आङ्देम्बेलाई कोशीमा, महेन्द्र यादवलाई मधेशमा, जीवन परियारलाई कर्णाली र गण्डकीमा जिम्मेवारी तोकिएको छ ।

Mantra

त्यस्तै सुदूरपश्चिममा नेता एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोगसँग समन्वय गर्न पुष्पा भुसाल, अन्तरपार्टी समन्वय गर्न डा। प्रकाशशरण महत, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बास्तोलालाई जिम्मेवारी तोकिएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...