Mantra
Mayametro Hospital

डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरी माथी कुटपिट, ५ जना पक्राउ

AD offer
JK

डडेल्धुरा:  डडेल्धुरामा प्रहरीमाथि नै कुटपिट भएको छ।ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका- ४ बस्ने २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई डडेल्धुराको अमरगढी- ५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो। चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु-४ बस्ने २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले हातपात गरेका रहेछन्, उनले भने, हातपातपछि प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडिको चोट लागेको छ। 

mantra Hospital

इन्सपेक्टर बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य तीन जनाको खोजी गर्ने क्रममा अजयमेरु- ४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई पक्राउ गरिएको छ।

Mantra

उनीहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते प्रहरीको उपचार भइरहेको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...