Mantra
Mayametro Hospital

अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीको अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। गोदावरी नगरपालिका–१ अत्तरियामा से १ ख ९१५ नम्बरको बस र सुदूरपश्चिम प्रदेश।।२०३१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

घाइते हुनेमा चुरे गाउँपालिका–१ का ३० वर्षीय नरेश बम र २९ वर्षीय नवीन बम रहेका छन्। दुबै जनालाई उपचारका लागि भारत रिफर गरिएको छ। दुर्घटनापछि फरार रहेका बस चालक जोशीपुर गाउँपालिका–६ का दीपक डँगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...